Prem Joshi

Prem Joshi

Share

Photos from Prem Joshi's post 25/11/2024

राजनितिक जीवन संगै मैले आज यहाँहरूलाई मेरो प्राज्ञिक कर्मको एउटा सुखद कुरा साट्दैछु। पीएचडी यात्राको करिब मध्यान्तर मानिने प्रपोजल डिफेन्स केहीबेरअघि सकेँ। पीएचडी प्राज्ञिक कर्मको एउटा उच्चतम अभ्यास हो। तर मेरा लागि यो प्राज्ञिक कर्म भन्दा बढ्ता छ। यो मेरो जन्मथलोसँग जोडिएको र त्यसको सुन्दर भविष्य सोचिएको हिसाबले व्यक्तिगत भावनासँग झन् बढ्ता जोडिएको छ। मेरो शोध शीर्षक ‘Exploring the new frontier of Trans-Himalayan Connetivity through the Urai Pass’ ले चीन-नेपाल सम्बन्ध वा सम्पर्क सञ्जालमा सितिमिति नसुनिएको तर धार्मिक, पौराणिक र ऐतिहासिक महत्त्व बोकेको बझाङको उरई भन्ज्याङको सम्भावना खोतलिरहेको छ। मलाई सुपरिवेक्षण र मार्गदर्शन गर्नुहुने सिचुवान विश्वविद्यालयकी आदरणीय प्राध्यापक ली ताओले भनिरहनुहुन्छ- ‘प्रेम, तिमी मोती खोज्ने बाटोमा छौ। मोती अति सुन्दर हुन्छ। तर त्यो खोज्ने काम निकै कष्टकर, लम्बे र अथाह साधनासहितको हुनुपर्छ।’ त्यही मोती खोज्ने यात्रामा एक कदम अघि बढेको मलाई तपाईँहरूको माया र शुभेच्छाको खाँचो छ। उरई पास कमै अभिलेख र अध्ययन भएको विषयका रूपमा छ। यससँग जोडिएका किंवदन्ती, दन्त्यकथा जति धेरै छन् त्यति कम यसबारे अध्ययन र अन्वेषण भएका छन्। तर परिवर्तनका लागि राजनीति गर्ने विचारधारामा सधैँ अडिग मेरा लागि यस अध्ययनको महत्त्व स्थानीय र राज्यकै लागि हुने ठोस परिवर्तनसँग जोडिने गरी निकै महत्त्वको छ। हामीले चीन-नेपाल सम्बन्धका कुरा तातोपानी वा केरुङ वा केरलामा मात्र खोजेर हुँदैन दुई देशबीचका जनस्तरका भावना र फरक सम्भावना बोक्ने उरईपासमा समेत खोजी हुनुपर्छ भन्नेमा मेरो अध्ययन केन्द्रीत छ। पुस्तक र नीति निर्माताका प्रत्यक्ष अन्तर्वार्तामा मात्र भर नपरीकन अबका केही महिना म सीमाका दुवैतर्फबाट उरई पुग्ने भेग केलाउनेछु। सिचुवान विश्वविद्यालयको दक्षिण एसिया अध्ययन संस्थान, प्राध्यापक ली ताओ र यहाँ नेपाल मामिलाका ज्ञाताहरूले जसरी आफ्नो स्रोत, जनशक्ति, मार्गदर्शन र शुभेच्छा मेरो अध्ययनमा दिनुभएको छ त्यसका लागि कृतज्ञता शब्द अपर्याप्त हुन्छ। नेपालबाट हरदम मेरो आत्मविश्वास बढाउन मजत्तिकै साधना गरिरहने मेरो परिवार र साथीभाई यस सुखद क्षणमा मेरो मनमा छन्। यस प्राज्ञिक यात्रामा आफैलाई, आफ्नो ठाउँलाई केही बढ्ता चिनिरहेको छु। फर्कनु त अब छिट्टै राजनीतिमै छ। जय माता शुर्माले रक्षा गरुन ।

Want your public figure to be the top-listed Public Figure in Bajhang?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address

जयपृथ्वि/११
Bajhang
10500