Jeevan khatri

Jeevan khatri

Share

21/06/2025

Celebrating my 5th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

14/03/2025

नेपाली भाषाका माहान साहित्यकार लीलबहादुर क्षेत्रीज्यूको निधनको खबर बिहानै सुन्नुपर्यो । जुन खबरले मर्माहत भएको छु । उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

सानैमा बसाइँ उपन्यास पढेर धुरुधुरु रोएको सम्झना ताजै छ । धेरै पटक दोहोर्याएर पढेको कृति थियो त्यो । आज म तेस्तो हैन तर पनि जुन उपन्यासले गर्दा पनि साहित्यप्रति रुची भएको आजको म हुनलाई जग बसालेको थियो होला ।

क्षेत्रीको जन्म वि.सं. १९८९ असम, गुवाहटीमा भएको थियो । करुण रसमा उपन्यास, कथा लखी पाठकलाई धुरुधुरु रुवाउने उनको बसाइँ उपन्यास मदन पुरस्कार पुस्तकालयले वि.स. २०१४ सालमा बजारमा ल्याएको एक नेपाली भाषाको कृति हो । बसाइँ उपन्यास मुना मदन पछि सबैभन्दा बढी बिक्री हुने नेपाली पुस्तक हो । यो पुस्तक त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रममा पनि सम्मिलित गरिएको छ ।

उहाँको बसाइ (उपन्यास), ब्रह्मपुत्रको छेउछाउ, अतृप्त, असममा नेपाली भाषाको साह्रोगाह्रो, दोबाटो, तीन दशक बीस अभिव्यक्ति लगायतका कृतिहरू प्रकाशित छन् । वि.सं. २०८१ फागुन अन्तिम (२९) फागुपूर्णिमाको दिनमा उहाँले यस धरा छोड्नु भयो । सर्वप्रिय, आरणीय लेखक, तपाईँप्रति भावपूर्ण श्रद्धाञ्जलि । शुभयात्रा ।

13/03/2025

होली

प्रिय होली
झिकेर लैजाऊ, मेरो भागको अबिर
उभाएर मुटुको रगत अञ्जुलीभरि
बनाऊ, प्रेमको रङ्गिन लोला
र भिजाऊ निथ्रुक्कै मलाई

हेर त
वर्षौँदेखि म सादा बाँचिरहेछु ।

***
(आगोको वर्णमालाबाट साभार)

होलीको यस बिशेष दिनले अनुहारमा मात्रै हैन हृदयमा पनि रङ्गहरूको बहार छाओस् । सबै निराशाहरू सकिएर मनमा उज्यालो, खुसी, रङ्गीन र उर्जामय बनाओस् । शुभकामना ।

07/03/2025

कस्तो शानदार कला ।
यो बुझ्न केही समय लाग्न सक्छ । मैले पनि केही समय बिताएको थिए ।

कलाकारको नाम थाहा भएन तर शानदार ...

Want your public figure to be the top-listed Public Figure in Incheon?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address

Incheon