Chef Moti KC
साथीहरू, भ्रष्ट नेताहरूको गलत समर्थन गरेर आफ्नो चरित्रमा दाग नलगाऔं। झोले युगको अन्त्य हुदैछ त्यसैले आफ्नै कर्मका कारण समाजमा अनुहार देखाउन गाह्रो नहोस् भन्ने कुरा सम्झिऔं। विवेकी र नैतिक बनौं, सही र गलत छुट्याउन सिकौं, र सत्यको बाटोमा अघि बढौं। जय देश
25/02/2026
यो तलाको जुत्ता र यसमा लत्पतिएको रगत कुनै एउटाको पीडा होइन।
यसमा हजारौँ युवाका सपना, आमाबुबाका आँसु र वृद्धहरूको आशा मिसिएको छ।
यसले आज क्रूर शासक, भ्रष्टाचारी र देशद्रोहीहरूको कालो चरित्र ऐनाजस्तै देखाइरहेको छ।
आज यो जुत्ता सारा नेपालीलाई चिच्याएर सोधिरहेको छ —
“खै मेरो न्याय?” “म अपराधी हुँ कि पीडित?”
सायद यो तपाईंको छोराले लगाएको जुत्ता होइन,
त्यसैले यसको मूल्य तपाईंका आँखामा देखिएन।
तर यदि तपाईंले यस २१ फागुनको चुनावमा मलाई न्याय दिनुभएन भने,
भोलि तपाईंका हजारौँ छोराहरूका जुत्ताको हालत पनि मेरोजस्तै नहुन सक्छ भनेर भन्न सकिँदैन।
मलाई न्याय कसैले दिन सक्दैन,
यदि नेपाली जनताले दिएनन् भने।
आज तपाईंको हातमा अवसर छ —
मलाई न्याय दिने,
तपाईंका भावी सन्तानको सुन्दर भविष्यको रक्षा गर्ने,
र एउटा न्यायपूर्ण, समृद्ध र सुन्दर नेपाल निर्माण गर्ने।
जय देश 🇳🇵
Vote for Change.🔔🔔🔔🔔🔔
08/02/2026
Yamy Yamy......
Haga clic aquí para reclamar su Entrada Patrocinada.