Laxmi LK Channel
ऐतिहासिक निर्वाचनमा नेपालीको शक्ति र एएनए (ANA) को सन्देश
"नमस्कार! आज नेपालका लागि एउटा ऐतिहासिक र गौरवपूर्ण दिन हो। आज नेपाली जनताले आफ्नो विवेक र अमूल्य मत मार्फत देशको भविष्य कोर्ने महान् कार्य गर्नुभएको छ। यसै सन्दर्भमा, अमेरिकास्थित नेपालीहरूको जेठो संस्था Association of Nepalese in the Americas (ANA) का अध्यक्ष खगेन्द्र अधिकारी ज्यूले पठाउनुभएको विशेष सन्देश यहाँ उल्लेख गरेकी छु।
"अध्यक्ष अधिकारी ज्यू भन्नुहुन्छ— एउटा शान्तिपूर्ण र धाँधलीरहित निर्वाचन नै लोकतन्त्रको मुख्य विशेषता हो। आफ्नो सार्वभौम र संवैधानिक अधिकारको प्रयोग गर्दै लोकतन्त्रको गरिमालाई उच्च राख्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा उहाँ हार्दिक आभार व्यक्त गर्न चाहनुहुन्छ। आजको यो दिनले नेपाली जनताको चेतना र निर्णय शक्तिलाई पुन: एक पटक प्रमाणित गरेको उहाँको विश्वास छ।"
"हामीले यो अधिकार पाउँदै गर्दा ती त्याग र बलिदानहरूलाई भुल्न सक्दैनौँ। विशेष गरी भदौ २३ र २४, २०८२ मा भएको त्यो ऐतिहासिक Gen-Z जनविद्रोह र त्यस क्रममा सहादत प्राप्त गर्ने महान् शहीदहरूप्रति उहाँ मुटुको गहिराइदेखि नै उच्च सम्मान र श्रद्धाञ्जली अर्पण गर्नुहुन्छ। अधिकारी ज्यूका अनुसार, आज तपाईंले खसालेको मत नै ती शहीदहरूको सपना र बलिदानीप्रतिको साँचो सम्मान हो।"
"तपाईंको एउटा मत केवल एउटा मत मात्र होइन, यो समग्र राष्ट्रको रूपान्तरण र जनताको जीवनस्तर सुधार गर्ने एउटा बलियो हतियार हो। अध्यक्ष ज्यूको विश्वास छ कि तपाईंको प्रत्येक मतले हाम्रो वर्तमानलाई मात्र सुधार्ने छैन, बरु हाम्रा आउने पुस्ताहरूको भविष्य समेत सुनिश्चित र निर्णायक बनाउनेछ।"
"अन्त्यमा, सम्पूर्ण शान्तिप्रिय र जनमुखी नेपाली नागरिकहरूमा अध्यक्ष खगेन्द्र अधिकारी ज्यू र एएनए (ANA) परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ भन्नुभएको छ। देश जहाँ भए पनि हाम्रो भावना सधैँ नेपाल सँगै छ।
Laxmi Lamsal Khanal
Calgary/ Canada 🍁
Vice President NLSC
Host :- LK Channel
Click here to claim your Sponsored Listing.